
नेपाल र 'जिम्बाब्वे ए'बीचको टी-ट्वान्टी क्रिकेट शृंखला बराबरीमा टुंगिएको छ ।
कीर्तिपुर मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले 'जिम्बाब्वे ए'लाई ८ विकेटले पराजित गर्दै शृंखला बराबरीमा टुंग्याएको हो ।
जिम्बाब्वेले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य नेपालले २५ बलअगावै २ विकेट गुमाएर पूरा गर्यो ।
नेपाललाई सहज जीततर्फ डोहोर्याउन आसिफ शेख एक्लैले ८७ रनको योगदान गरे । उनले ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए ।
भुर्तेल ३४ रनमा आउट भए । त्यसपछि आएका बसिर अहमदले १० रन बनाए ।
३ खेलको शृंखलामा पहिलो खेल नेपालले हारेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।
अब नेपालले 'जिम्बाब्वे ए'सँग ३ खेलको एकदिवसीय शृंखला खेल्नेछ ।