१७ असार २०८३, बुधबार

देशभर कोरोनाका २१७ सक्रिय संक्रमित

बैशाख २१, २०७९
देशभर कोरोनाका २१७ सक्रिय संक्रमित

देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ८२१ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ७८ हजार ८८४ पुगेको छ ।

एन्टिजेन परीक्षण विधिबाट संक्रमितको संख्या १ लाख ४० हजार १९६ रहेको छ । पछिल्लो समय थप १८ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ७१५ पुगेको छ ।

कोरोना संक्रमण दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २१७ रहेको छ ।

होम आइसोलेसनमा २१६ र संस्थागत आइसोलेसनमा १ जना रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्