×

NMB BANK
NIC ASIA

नेकपाको महासचिवबाट विप्लवलाई हटाइएको घोषणा, धर्मेन्द्र बने संयोजक

बैशाख २१, २०७९

NTC
Premier Steels

नेपाल कम्युनिष्ट पार्टीले नेत्रविक्रम चन्द विप्लवलाई महासचिवबाट हटाइएको घोषणा भएको छ । यसअघि विप्लवले कारबाही गरेका नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओली पक्षले राष्ट्रिय भेला गर्दै विप्लवलाई महासचिव पदबाट हटाएको घोषणा गरेको हो। 

Muktinath Bank

चितवनमा जारी राष्ट्रिय भेलाले पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले गरेको स्थानीय तह निर्वाचनमा नजाने निर्णय उल्लंघन गर्दै महासचिवकै निर्देशनमा पार्टीका नेता कार्यकर्ता चुनावमा सहभागि भएकाले महासचिवलाई पार्टीबाट हटाउनु परेको नेता गुणराज लोहनीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाले धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक बनाएको पनि उनले बताए । उनले भने ‘बैठकले जे–जे निर्णय गरेको थियो, हामी सबैलाई थाहा छ कि पार्टी चुनावमा नजाने । देशभक्त, एमसीसी विरोधी शक्तिहरूलाई उठाउने भन्ने थियो । र केन्द्रीय समिति बैठक सकेर आउने बित्तिकै केन्द्रीय सदस्यहरु नै चुनावमा जान थाले महासचिवको निर्देशनमा । प्रवक्ता आफै गएर निर्वाचन आयोगमै दल दर्ता गर्ने समयसम्म पुग्नुभयो । पछिल्लो क्रममा रोल्पाको सुनसरी र थवाङमा कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्ने जुन निर्णय गर्नुभयो । यसबाट केन्द्रीय समितिले गरेका निर्णयहरु पूर्ण रुपले उहाँहरुले खारेज गरिसकेपछि हामीले केन्द्रीय समितिको बैठक बोलाउन आव्हान ग¥यौँ । उहाँहरुले बोलाउनु भएन । हामीले केन्द्रीय समिति बैठक बोलाउनुस् । बिस्तारित बैठक बोलाउनुस् भन्ने कुरा मान्नुभएन । हामीले आज चाहिँ राष्ट्रिय भेला सबै जिल्लाबाट प्रतिनिधिमूलक तरिकाले राष्ट्रिय भेला बोलाएर आज तात्कालिक केन्द्रीय समितिको बहुमतले जे निर्णय गरेको थियो त्यसको विरुद्ध गएको कारणले गर्दाखेरी महासचिवलाई हटाएको र धर्मेन्द्र बास्तोलालाई नेपाल कम्युनिष्ट पार्टीको संयोजक हामीले नियुक्त गरेका छौँ । भेलाले निर्णय गरेको हो ।’


Advertisment
Nabil box
Kumari

नेकपाको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई विप्लवले केही समय अघि पार्टी जिम्मेवारीबाट मुक्त गरेको विज्ञप्ती जारी गरेका थिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x