२३ असार २०८३, मंगलबार

नेकपाको महासचिवबाट विप्लवलाई हटाइएको घोषणा, धर्मेन्द्र बने संयोजक

बैशाख २१, २०७९
नेकपाको महासचिवबाट विप्लवलाई हटाइएको घोषणा, धर्मेन्द्र बने संयोजक

नेपाल कम्युनिष्ट पार्टीले नेत्रविक्रम चन्द विप्लवलाई महासचिवबाट हटाइएको घोषणा भएको छ । यसअघि विप्लवले कारबाही गरेका नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओली पक्षले राष्ट्रिय भेला गर्दै विप्लवलाई महासचिव पदबाट हटाएको घोषणा गरेको हो। 

चितवनमा जारी राष्ट्रिय भेलाले पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले गरेको स्थानीय तह निर्वाचनमा नजाने निर्णय उल्लंघन गर्दै महासचिवकै निर्देशनमा पार्टीका नेता कार्यकर्ता चुनावमा सहभागि भएकाले महासचिवलाई पार्टीबाट हटाउनु परेको नेता गुणराज लोहनीले बताए । 

नेकपाले धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक बनाएको पनि उनले बताए । उनले भने ‘बैठकले जे–जे निर्णय गरेको थियो, हामी सबैलाई थाहा छ कि पार्टी चुनावमा नजाने । देशभक्त, एमसीसी विरोधी शक्तिहरूलाई उठाउने भन्ने थियो । र केन्द्रीय समिति बैठक सकेर आउने बित्तिकै केन्द्रीय सदस्यहरु नै चुनावमा जान थाले महासचिवको निर्देशनमा । प्रवक्ता आफै गएर निर्वाचन आयोगमै दल दर्ता गर्ने समयसम्म पुग्नुभयो । पछिल्लो क्रममा रोल्पाको सुनसरी र थवाङमा कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्ने जुन निर्णय गर्नुभयो । यसबाट केन्द्रीय समितिले गरेका निर्णयहरु पूर्ण रुपले उहाँहरुले खारेज गरिसकेपछि हामीले केन्द्रीय समितिको बैठक बोलाउन आव्हान ग¥यौँ । उहाँहरुले बोलाउनु भएन । हामीले केन्द्रीय समिति बैठक बोलाउनुस् । बिस्तारित बैठक बोलाउनुस् भन्ने कुरा मान्नुभएन । हामीले आज चाहिँ राष्ट्रिय भेला सबै जिल्लाबाट प्रतिनिधिमूलक तरिकाले राष्ट्रिय भेला बोलाएर आज तात्कालिक केन्द्रीय समितिको बहुमतले जे निर्णय गरेको थियो त्यसको विरुद्ध गएको कारणले गर्दाखेरी महासचिवलाई हटाएको र धर्मेन्द्र बास्तोलालाई नेपाल कम्युनिष्ट पार्टीको संयोजक हामीले नियुक्त गरेका छौँ । भेलाले निर्णय गरेको हो ।’

नेकपाको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई विप्लवले केही समय अघि पार्टी जिम्मेवारीबाट मुक्त गरेको विज्ञप्ती जारी गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्