१९ असार २०८३, शुक्रबार

स्थानीय तह निर्वाचन : जिल्लाअनुसार कुन पदमा कति उम्मेदवार ? [विवरणसहित]

बैशाख २१, २०७९
स्थानीय तह निर्वाचन : जिल्लाअनुसार कुन पदमा कति उम्मेदवार ? [विवरणसहित]

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी उम्मेदवारको जिल्लागत विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगको अध्यावधिक विवरणअनुसार देशभर १ लाख ४५ हजार ८३ जना उम्मेदवार रहेका छन् । त्यसमा पुरुषको संख्या ८९ हजार ३६४ जना रहेको छ । यस्तै महिलाको संख्या ५५ हजार ७१९ जना रहेको छ । तेस्रोलिङ्गी मतदाता कायम भएपनि उम्मेदवार भने एक जना पनि रहेका छैनन् । 

आयोगले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र सदस्यसहितको अध्यावधिक विवरण सार्वजनिक गरेको हो । 
आयोगले अझैपनि केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानमा इन्टरनेट र विद्युत अवरुद्ध भएकाले प्रणालीमा प्रविष्ट हुन बाँकी रहेकाले विवरण थपघट हुनसक्ने जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्