
निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
यस्तै निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले आचारसंहिता विपरीत गतिविधि गर्नेलाई कडाइ गर्दै आएको छ ।