काठमाडौं, ३० असार - प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय सीमामा एउटा पनि उजुरी दर्ता भएन ।
.jpg?1499992803791)
समिति सचिवालयका अनुसार उजुरी दिने अन्तिम दिन बुधबारसम्म कुनै पनि माध्यमबाट पराजुलीविरुद्ध उजुरी नपरेको हो, आजको गोरखापत्रमा खबर छ ।
समितिले प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइअघि सर्वसाधारणसँग समेत उजुरी माग्ने कार्यविधिअनुसार १० दिनको समय दिएर यही असार १९ देखि उजुरी माग गरेको थियो ।
एउटा पनि उजुरी नपरेपछि समितिले सुुनुवाइ प्रक्रिया अघि बढाउनेबारे प्रारम्भिक छलफलको बैठक शुक्रबार बिहान बोलाएको छ । समिति सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबार बिहान सुनुवाइ प्रक्रिया अघि बढाउनेबारे बैठक बोलाइएको बताए ।