
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको टिप्पणी गरेका छन् ।
बिहीवार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै महासचिव पोखरेलले सत्तापक्षले चुनावी प्रचारमा हिड्नुअघि आचारसंहिताको ख्याल गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवा सहित मन्त्रीहरू नै अहिले विभिन्न ठाउँमा चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम तय भएपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री देउवा बिहीवार मात्रै चुनावी सभाका लागि भरतपुरमा रहेका छन् ।