०६ असार २०८३, शनिबार

शर्माविरुद्ध आज मुद्दा, हिजो यसकारण दर्ता भएन

कात्तिक २०, २०७४
शर्माविरुद्ध आज मुद्दा, हिजो  यसकारण दर्ता भएन
काठमाडौं, ३० असार- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरे पनि फाइल अध्ययन बाँकी रहेको भन्दै शुक्रबारलाई सरेको छ ।सर्वोच्च अदालतले शर्मालाई आफूसमक्ष उपस्थित गराउन तोकेभन्दा एक दिनअघि नै बिहीबार हतार-हतार अख्तियारले मुद्दा दर्ता गर्न लागेको थियो , अन्नपूर्ण पोस्टमा खबर छ ।chudamani

व्यापारिक फर्मसँगको मिलेमतोमा कर फछ्र्योटमा करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले शर्मासहित तीन जनाविरुद्ध मुद्दा दर्ता गर्ने भएको हो । शर्माकी पत्नी कल्पना उप्रेतीले दुव्र्यवहारको आरोपसहित दर्ता गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शुक्रबार उहाँलाई उपस्थित गराउन अख्तियारलाई आदेश दिएको थियो । अख्तियारले भने त्योभन्दा एक दिनअघि नै शर्माविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

बिहीबारै मुद्दा दर्ता गर्न अख्तियार टोली विशेष अदालत गए पनि फाइल रुजु गर्न समय अभाव भएपछि फर्किएको थियो । शर्मालाई गाडीमै राखेर अख्तियार टोली अपराह्न सवा ४ बजे अदालत पुगेको थियो । 'आज फाइल अध्ययन गर्न ढिला भयो । फाइलहरू धेरै छन् । त्यसैले दर्ता हुन सकेन', विशेषका प्रवक्ता जगन्नाथ पौडेलले भने, 'शुक्रबार दर्ता गर्ने योजना छ ।'
प्रवक्ता पौडेलले प्रतिवादी शर्मासहित अख्तियार टोली मुद्दा दर्ता गर्न अदालत आएको जानकारीसमेत दिए । शर्मासँगै आयोगका तत्कालीन संयोजक चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत र अर्का सदस्य चार्टर्ड एकाउन्टेन्ट उमेश ढकालमाथि भ्रष्टाचार अभियोग छ । शर्मा उक्त आयोगमा सदस्य थिए । अभियोगपत्रमा महत र ढकाललाई फरार देखाउँदै अख्तियारले अदालतबाटै 'वारेन्ट' जारी गर्न माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्