×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव : जनकपुर उपमहानगर विशेष

जनकपुरको चुनावी जोडघटाउ : निष्क्रिय कांग्रेस, नयाँ चेहराको खोजीमा शहरी मतदाता !

बैशाख २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पौराणिक कालमा शास्त्रार्थमा जुट्ने जनकपुर अहिले स्थानीय नेतृत्व चयनको राजनीतिक सरगर्मीमा निथ्रुक्क भिजेको छ । 

Muktinath Bank

जनकपुरको चुनावी रन्कोको पारो जानकी मन्दिरवरपरका गंगा र धनुष सागरले चिस्याउन नसक्ने अवस्थाको छ । मानौं, यतिबेला शास्त्रज्ञ राजा जनकको भौतिक उपस्थिति हुन्थ्यो भने उनी पनि चुनावी शास्त्रार्थमै व्यस्त हुने थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजा जनकको राज्यका आधारमा नामकरण गरिएको जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व हात पार्न मेयर पदका लागि १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।


Advertisment
Nabil box
Kumari

मधेश आन्दोलनको उभारमा बनेको जनता समाजवादी पार्टी (जसपा)ले सत्तारूढ गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएको छ । जसपासहित कांग्रेस र माओवादीले चुनावी गठबन्धन गरेका छन् । 

Vianet communication
Laxmi Bank

तर जसपाबाहेक गठबन्धनमा रहेका दलहरू मन लगाएर चुनावी मैदानमा नहोमिएको राजनीतिक पर्यवेक्षकहरू बताउँछन् । 

निवर्तमान मेयर लालकिशोर साह जसपाका तर्फबाट मेयरको उम्मेदवार छन् । उपमेयरमा कांग्रेसका किशोरी साहलाई उम्मेदवार बनाइएको छ ।

निवर्तमान मेयर साह २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट उम्मेदवार बनेर मेयर जितेका थिए । त्यसबेला मधेश विद्रोहको रापताप ताजा थियो । त्यसैलाई भजाएर राजपाले जीत हासिल गरेको थियो । पछि महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकीकरण भएर जसपा बन्यो । 

तर उनीहरूबीचको सहयात्रा लामो रहेन । ठाकुर र यादवबीचको वैमनस्यले पार्टी फुट्यो । यादवले ठाकुर पक्षलाई कारवाही गर्‍यो । ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बन्यो । 

लालकिशोर साह

ठाकुर तथा राजेन्द्र महतोको छत्रछायाँमा रहेका निवर्तमान मेयर साह भने यादवको कित्तामा उभिन पुगे । त्यसको पुरस्कारस्वरूप यादवले साहलाई मेयरको टिकट थमाए ।   

नेकपा एमालेले व्यावसायिक पृष्ठभूमिका व्यक्तिलाई मेयरको उम्मेदवार बनाएको छ । मधेश प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका शिवशंकर साह (हिरा) एमालेको तर्फबाट मेयरका उम्मेदवार छन् । कांग्रेसबाट एमाले प्रवेश गरेकी रुना झा उपमेयरको चुनावी मैदानमा छिन् । 

कांग्रेस गठबन्धनमा रहेको भए पनि जनकपुरधामको मेयर पदमा कांग्रेसको बागी उम्मेदवारी परेको छ । नगरसभापति रहेका मनोज साहले सभापतिबाट राजीनामा दिएर मेयरको उम्मेदवारी दर्ता गराएका हुन् । 

महन्थ ठाकुर नेतृत्वको लोसपाका तर्फबाट मनोज चौधरी मेयरका उम्मेदवार छन् भने रिता मिश्र उपमेयरको चुनावी मैदानमा छिन् । 

अघिल्लोपटक राजपा (हाल लोसपा)ले जितेकाले पनि जनकपुरमा लोसपा उम्मेदवारले कडा टक्कर दिनसक्ने चर्चा छ ।

त्यसबाहेक, ‘क’ वर्गको ठेक्कापट्टा गर्दैै आएका बलराम महतो र यसअघिका वडा अध्यक्ष जानकीराम साहले पनि स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिएका छन् । 

त्यसैगरी, वृषेशचन्द्र लाल तराई मधेश लोकतान्त्रिक पार्टी ब्युँताएर चुनावी प्रतिस्पर्धामा आएका छन् । 

एजेन्डाविहीन मधेशी दल

२०७४ को निर्वाचनको बेला मधेशको राजनीतिक परिस्थिति यस्तो थियो जहाँ मधेश आन्दोलनमा नलागेका दलले मधेशको भूमिमा प्रतिस्पर्धा समेत गर्न पाएका थिएनन् । त्यतिखेर नेकपा एमाले सबैभन्दा बढी लखेटिएको थियो ।

२०६४ र २०७२ गरी दुईपटकको मधेश आन्दोलनको उभारमा बलियो बनेका दलहरू मधेश मुक्तिको नारा लिएर चुनावी मैदानमा थिए । उनीहरू मधेशबाटै सिंहदरबारमा धावा बोलिरहेका थिए । त्यसबेला मधेश आन्दोलनको ज्वारभाटाले समावेशी समानुपातिक प्रतिनिधित्व, बजेटको सन्तुलित बाँडफाँड, अल्पसंख्यकको आत्मसम्मान र उचित राजनीतिक प्रतिनिधित्वको मुद्दा स्थापित गराएको थियो । 

मधेशी जनताले पनि मधेश आन्दोलनबाट उठेका राजनीतिक दलले नै मधेश मुक्तिको ज्वार बढाइरहनेमा भरोसा गरेका थिए । तर राजनीतिको राजमार्ग जति अघि बढ्यो, मधेश केन्द्रित दलहरू उति नै धेरै दुर्घटनामा परे । राजनीतिको हरेक मोडमा उनीहरू चिप्लिए । 

मधेशी जनताको ताजा मनस्थितिको चित्र प्रस्तुत गर्दै मधेशका बुद्धिजीवी जिवेश झा भन्छन्, ‘मधेशका जनतालाई मधेश पृष्ठभूमिका दलको नाम समेत थाहा नहुने अवस्था बनेको छ । मधेशका कुन नेता कुन दलका हुन् भन्ने नै जनताले भेउ पाउन छाडिसके । एजेन्डा हराएको त उहिल्यै हो ।’

मधेश प्रदेशको राजधानी जनकपुरले राजनीतिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा पनि मधेशको प्रतिनिधित्व गर्छ । अहिले यहाँको चुनाव जनताको जनजीविकासँग भन्दा पनि एजेन्डाविहीन राजनीतिक दलको अस्तित्व रक्षामा केन्द्रित हुन पुगेको छ ।

‘अहिले मधेश आन्दोलनको पृष्ठभूमिबाट आएका दलको एजेन्डा नै छैन । उनीहरू आफ्नो राजनीतिक उपस्थिति जोगाउने कसरतमा छन् । चुनावमा राजनीतिक नेतृत्वको टकराव मात्रै झल्किन्छ’, झाले भने ।

मधेश आन्दोलनबाट आएका पार्टीहरू टुक्राटुक्रामा विभक्त भएको हुँदा जनकपुरका मतदाताले पार्टीको नाम र झण्डा हेरेर नभई उम्मेदवारको अनुहार हेरेर मत दिने अवस्था रहेको झाको विश्लेषण छ ।

गठबन्धन हराउने अभियानमा कांग्रेस !  

प्रमुख राजनीतिक दलहरू कांग्रेस, जसपा, माओवादी र नेकपा एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेको भए पनि जनकपुरमा चुनावी गठबन्धन मजबूत बन्न सकेको छैन । जनकपुरमा तुलनात्मक रूपमा बलियो रहेको कांग्रेसले मेयरको उम्मेदवारी चाहेको थियो । तर बालुवाटारले जसपालाई अक्सिजन दिने सहमति गरेपछि जनकपुरको कांग्रेस बागी बनेको छ । 

कांग्रेसको जनकपुर नगर समितिका एक पदाधिकारी भन्छन्, ‘कार्यकर्ता गठबन्धनप्रति सन्तुष्ट छैनन् । अर्कोतर्फ, गठबन्धनले ल्याएको उम्मेदवार जिताउनपर्ने खालका पनि छैनन् । जनकपुर कांग्रेसका लागि चुनावी रौनक छैन ।’

जनकपुरका कांग्रेस कार्यकर्ता गठबन्धनको उम्मेदवार हराउने अभियानमा देखिएका छन् । ती पदाधिकारी भन्छन्, ‘गठबन्धनले सही उम्मेदवार दिएको छैन । त्यसो हुँदा कांग्रेस गठबन्धन जिताउने होइन, अहिलेको उम्मेदवार हराउने अभियानमा हुन्छ ।’ 

जनकपुरको चुनाव प्रचारमा कांग्रेसका कार्यकर्ता जुझारु तवरले खट्न तयार नभएपछि गठबन्धनमा रहेका दलले गरेको रिपोर्टिङको आधारमा कांग्रेसको केन्द्रीय नेतृत्वले नगरकमिटीका पदाधिकारीलाई व्यक्तिगत रूपमा टेलिफोन गरी चुनावमा खट्न निर्देशन दिन थालेको ती पदाधिकारीले बताए ।

‘हामीलाई अहिले केन्द्रबाट फोन आउन थालेको छ । चुनावमा खट्न भनिएको छ’, नगर समितिका ती नेताले बताए । उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले फोन गरेर चुनावमा गठबन्धनलाई सघाउन भनेको उनले जानकारी दिए । 

तर कांग्रेसको जनकपुर नगर उपसभापति राकेशविक्रम साह भने चुनाव प्रचारमा कांग्रेसको सक्रिय उपस्थिति रहेको बताउँछन् ।

‘हामी गठबन्धनमा छौं । केहीको असन्तुष्टि त होला । वडामा कांग्रेसको उम्मेदवारी छ । चुनाव जिताउन नगर कमिटी प्रभावकारी रूपमा खटेको छ’, साहले भने ।

बागीको चुनौती

जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसले मेयरको उम्मेदवारी दिन नपाएपछि नगरसभापति मनोज साहले पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गरेका छन् । उनले ‘घण्टाघर’ चुनाव चिह्न पाएका छन् । आफ्नो आधिकारिक उम्मेदवारलाई भोट हाल्न नपाएका कांग्रेसको मत ‘घण्टाघर’मा जान सक्ने विश्लेषण जनकपुरमा छ । 

‘कांग्रेसले उम्मेदवार पाएको भए जित्ने अवस्था थियो । तर गठबन्धनमा बागीको प्रभाव पर्न सक्छ । हामीले गठबन्धनलाई मत दिन भनेका छौं तर मत हाल्ने बेलामा त हामी उपस्थित हुँदैनौ । गोप्य मतदान कसलाई हुन्छ यकिन रूपमा भन्न सक्ने अवस्था पनि हुँदैन’, नगर उपसभापति साहले भने । 

कांग्रेसले निवर्तमान मेयर साहको उम्मेदवारी मन नपराएको कारण उनलाई हराउनकै लागि पनि कांग्रेसले ‘घण्टाघर’मा स्वस्तिक चिह्न लगाउने अवस्था रहेको जनकपुरका कांग्रेसी कार्यकर्ता बताउँछन् । अलोकप्रिय रहेका साहलाई समर्थन गर्दा जनता रुष्ट हुने डर कांग्रेसी कार्यकर्तालाई छ । 

एमालेको ‘कमब्याक’

२०७४ को चुनावमा जनकपुरमा प्रचारप्रसार समेत गर्न नपाएको एमाले अहिले भने सशक्त चुनावी प्रचार गरिरहेको छ । एमालेले टिकट दिएको उम्मेदवारको कारण पनि पार्टीको उपस्थिति बाक्लो देखिएको स्थानीय बताउँछन् । 

उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा गरेको कामको कारण एमाले उम्मेदवार शिवशंकर साह (हिरा)को सामाजिक छवि स्थापित छ । 

शिवशंकर साह

जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ का नाम उल्लेख गर्न नचाहने एक मतदाता भन्छन्, ‘एमालेको आधार बलियो बनिरहेको छ । प्रचार पनि व्यापक भएको छ । एमालेको उम्मेदवार राम्रो छ तर संगठन भने चुनाव जित्ने गरी बनिसकेको छैन ।’

मधेश मामलाका जानकार जिवेश झा पनि जनकपुरमा एमालेले कमब्याक गरेको बताउँछन् । ‘जनकपुरमा एमाले अध्यक्ष केपी ओलीप्रतिको आकर्षण बढेको छ । मधेशको मुद्दालाई साना दलले होइन, राष्ट्रिय दलले नै समाधान गर्न सक्छन् भन्ने चर्चा जनकपुरमा हुन थालेको छ । ओली नेतृत्वको सरकारका बेला आएको नागरिकता अध्यादेशको सकरात्मक प्रभाव पनि यहाँ देखिन्छ’, झाले भने । 

चेहराको खोजी

गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका लालकिशोर साह यसअघिको कार्यकालमा असाध्यै विवादित बनेका थिए । विशेषगरी जनकपुरमा बनाइएको शहीद गेटबारे उनको आलोचना हुने गरेको छ । उनले उक्त संरचना बनाउन साढे चार करोड खर्च गरेको हिसाब देखाएका छन् । त्यसलाई जनकपुरवासीले प्रश्नको घेरामा राखेका छन् । उनले त्यसबाहेक अन्य कुनै काम नगरेको आरोप नगरवासीहरू लगाउँछन् । गठबन्धनले नै मेयरमा उनको उम्मेदवारी रुचाएको छैन ।

निवर्तमान मेयर साह आफूले प्रशस्त काम गरेको र विपक्षीहरूसँग आफ्नो आलोचनाका लागि कुनै पनि इस्यु नरहेको दाबी गर्छन् । ‘यहाँ कसैले पनि मेरो विरुद्ध बोल्ने ठाउँ नै छैन । विकास भएन, बाटो भएन, विद्यालय भएन, शिक्षा र स्वास्थ्यमा सुधार भएन भन्ने ठाउँ छैन,’ उनले बताए ।

तर साहको दाबीका बावजूद जनकपुरका एक होटल व्यवसायीले भने, ‘जनकपुर शहरका मतदाता फेरि उनलाई मेयरमा दोहोर्‍याउन चाहँदैनन् । उनले उपमहानगरको ग्रामीण भेगबाट कति मत ल्याउँछन् भन्नेमा उनको जीतहार निर्भर छ ।’

मधेशी हितका लागि काम गर्ने अभियन्ता सरोज मिश्र यसपटक जनकपुरवासीले जनकपुरको मेयरमा नयाँ अनुहार खोजेको बताउँछन् । ‘यसपटक जनकपुरवासीले पार्टी हेर्ने छैनन्, योग्य व्यक्ति हेरेर मतदान गर्नेछन् । जनताले नेतृत्वमा इमान्दारिता र कुशल कार्यशैली खोजेका छन्’, मिश्रले भने ।

अर्का मतदाता अनिकेत किशोर साह पनि जनकपुरमा पार्टी नहेरेर व्यक्ति रोज्ने माहोल बनिरहेको बताउँछन् ।

उनी भन्छन्, ‘यसपटक जनकपुर नयाँ नेतृत्वको पक्षमा छ । उम्मेदवारहरूमध्ये राम्रा विकल्प पनि छन् । मतदाताले दलभन्दा बाहिर निस्केर विवेक प्रयोग गर्ने अवस्था देखिएको छ ।’

जीतको आधार जातीय मत 

जनकपुरको निर्वाचन परिणाम प्रभावित पार्ने महत्त्वपूर्ण फ्याकटर हो– जातीय मत । 

जनकपुरमा साहजी समुदायको बाहुल्य छ । त्यसमा पनि तेली समुदाय धेरै छन् । यसपटकको निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा तेली समुदायको मात्रै १७ हजार मत रहेको मधेश मामलाका अभियन्ता मिश्रले बताए । उक्त समुदायबाट मेयर पदका लागि जानकीराम साह स्वतन्त्र रूपमा एक्लो उम्मेदवार छन् ।

‘जनकपुरको चुनावमा जातीय मतले पनि अर्थ राख्छ । अन्तिममा जातीय मत एकीकृत हुने अवस्था पनि आउँछ’, मिश्रले भने, ‘जातीय मत आकर्षित गर्न सक्ने उम्मेदवारको पल्ला भारी हुने अवस्था रहन्छ ।’ 

जनकपुर उपमहानगरमा तेली समुदायपछि कलवार र सूडी समुदायका धेरै मानिस छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x