२२ जेठ २०८३, शुक्रबार

गोपाल पराजुली विरुद्ध परेन एउटा पनि उजुरी, साउन १ गते सुनुवाइ

कात्तिक २०, २०७४
गोपाल पराजुली विरुद्ध परेन एउटा पनि उजुरी, साउन १ गते सुनुवाइ
काठमाडौं ३० असार– संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको संसदीय सुनुवाइ साउन १ गते हुने भएको छ ।

संसद् सचिवालय सिंहदरवारमा शुक्रवार बसेको समिति बैठकले पराजुलीलाई सुनुवाइका लागि साउन १ गते समितिमा बोलाउने निर्णय गरेको हो । पराजुलीविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनैपनि उजुरी नपरेको समिति सदस्य माअोवादी केन्द्रकी सांसद अनिता परियारले जानकारी दिइन् ।

संवैधानिक परिषद्को असार १५ गते बसेको बैठकले पराजुलीलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो । सुनुवाइपछि राष्ट्रपतिले पराजुलीलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछिन् ।

salt training

कमेन्ट गर्नुहोस्