०७ असार २०८३, आइतबार

अग्नी इन्कर्पोरेटेड प्रालिद्धारा फुटबल प्रवद्र्धनका लागि ११ सय थान जर्सी प्रदान

कात्तिक २०, २०७४
 अग्नी इन्कर्पोरेटेड प्रालिद्धारा फुटबल प्रवद्र्धनका लागि ११ सय थान जर्सी प्रदान

काठमाडौं, असार २९ –एपीएफ क्लबको फुटबल खेल प्रवद्र्धनको लागि अग्नी इन्कर्पोरेटेड प्रालि (महिन्द्रा) ले सहयोग प्रदान गरेको छ । बिहीवार अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंह बहादुर श्रेष्ठलाई आगामी सिजनको लागि आवश्यक १ हजार १ सय २८ थान जर्सी तथा ट्रयाक प्रदान गरेका छन् ।

अग्नि ग्रुपले उक्त टिमलाई ५ वर्षको लागि प्रायोजन गरेको छ । सोही अनुरुप कम्पनीले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि प्रालिअन्तर्गत अग्नी इन्कर्पोरेटेड, अग्निी इनर्जी, अग्नि मोटो इन्क, बालाजू अटो वक्र्स रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेकल, ट्र्याक्ट, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्