०५ साउन २०८३, मंगलबार

उपाधि दाबेदार लिभरपुल बराबरीमा

बैशाख २५, २०७९
उपाधि दाबेदार लिभरपुल बराबरीमा

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार लिभरपुल बराबरीमा रोकिएको छ ।

शनिवार राति भएको खेलमा लिभरपुल टोटेनहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा लुइस डियाजले गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो ।

यस बराबरीसँगै लिभरपुलले ३५ खेलमा ८३ अंक जोडेको छ ।

लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

टोटेनहम ६२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्