
साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९८ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।