
काठमाडौं, ३० असार - निलम्बित आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई कर छुट प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरेपछि शर्माकी पत्निले अख्तियारले गैह्र कानुनी रुपमा हिरासतमा राखेको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
उक्त रिटमा सर्वोच्च अदालतले पक्राउ परेका शर्मालाई शुक्रवार अदालतलमा उपस्थित गराउन आदेश दिएको थियो । आजदेखि सुनुवाई भएपनि उक्त रिट हेर्दा हेर्दैमा परेको छ ।
चोलेन्द्र शमशेर जवरा र प्रकाशमान सिंह राउतको इजलासले उक्त रिटलाई हेर्दा हेर्दैमा राखेको हो । सर्वोच्च अदालत स्रोतका अनुसार आइतवार फेरि सुनुवाई हुने छ ।