बैशाख २४, २०७९
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।
द्वापरयुगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उहाँका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौँ तपस्या गरी स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराएको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ ।
वैशाख शुक्ल सप्तमीका दिन स्वर्गबाट पृथ्वीमा गङ्गा अवतरण गराइएकाले यस दिनलाई गङ्गोत्पत्ति पर्वका रुपमा मनाउन थालिएको हो । स्वर्गबाट गङ्गा अवतरण गराउने क्रममा पृथ्वी भासिने डरले महादेवले आफ्नो जटामा थापेको पौराणिक मत रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
गङ्गा नदी सागरमा मिसिएपछि यसको नाम गङ्गासागर हुन्छ । राजा भगीरथले ठूलो प्रयत्न गरेर गङ्गालाई पृथ्वीमा अवतरण गराएकाले भागीरथी नामले पनि गङ्गालाई पुकारिन्छ ।
गङ्गा सप्तमीसँग सम्बन्धित नभए पनि यस दिनलाई बीचमा पारी वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म बागमतीको कटुवाल दहबाट वाग्द्वारसम्म गरिने बागमती तीर्थ यात्रा यसवर्ष पनि स्थगित गरिएको पशुपतिनाथ आगमघरका पुजारी महेश भट्टले बताए ।
आगमघरका मूल पुजारी मदन भट्ट बिरामी परेको र उनले नदी किनारका मसानघाटमा गरिने साधनासम्बन्धी दीक्षा अरु कसैलाई नदिएकाले यस वर्ष पनि हाललाई वाग्मती तीर्थयात्रा स्थगित गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
विसं २०७७ र २०७८ मा पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले वाग्मती तीर्थयात्रा स्थगित गरिएको थियो ।
नदीको पूजा आराधनाको विधि भने गरिने जनाइएको छ । तीर्थयात्रा स्थगित गरिए पनि वाग्मतीको आराधना एवं पूजा गर्ने विधिलाई भने यथावत् रुपमा निरन्तरता दिइएको उनले बताए । वाग्मती जस्तै विभिन्न स्थानमा रहेका नारायणी, गण्डकी, कोशी, कर्णाली, त्रिशूली, इन्द्रावती, सुनकोशीलगायत नदीमा पनि पूजाआराधना गरी गङ्गा सप्तमी पर्व मनाइन्छ ।
वैदिक सनातन धर्मावलम्बीले गङ्गालाई पवित्र तीर्थस्थलका रुपमा पू्जा आराधना गर्छन् । हरेक नदी, पोखरी, ताल, तलाउमा रहेको पानीलाई गङ्गाकै रुपमा मानी प्रत्येक दिन बिहान ‘गङ्गे च यमुने चैव गोदावरी सरस्वती’ मन्त्रले गङ्गा आदि नदीको प्रार्थनासहित स्नान गर्ने सनातन धर्म शास्त्रीय विधि छ ।
मनाइँदै रवि सप्तमी
आइतवार सप्तमी तिथि परेका दिन गरिने भगवान् सूर्यको विशेष पूजा आराधना पनि आज गरिँदै छ । विशेषगरी आइतबारको व्रत बस्नेले मध्याह्नकालमा भगवान् सूर्यको विशेष पूजा आराधना गर्छन् । पूजा आराधनापछि सूर्यको १०८ वा १००८ नामको स्तोत्र पाठसमेत गर्ने परम्परा छ ।
आइतवारको व्रत गर्नेले दिनभर नै नून नखाने व्रतविधि रहेको पनि धर्मशास्त्रविद् गौतमले सुनाए । रवि सप्तमीको योग भने बेला बेलामा परिरहेको हुन्छ । रासस
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक...
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले २५६...
नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ...
हिन्दु संस्काअनुसार विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । तर, त्यस्ता सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् । एक अध्ययन अनुसार सिन्दुरमा लिड अर्था सिसाको अधिक प्रयोग हुने गरेको छ । लिड मानव स्...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...