३२ असार २०८३, बिहीबार

ज्योतिषीले असार १७ पछि गठबन्धन रहँदैन भनेका छन्– ओली

बैशाख २५, २०७९
ज्योतिषीले असार १७ पछि गठबन्धन रहँदैन भनेका छन्– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ पछि गठबन्धन नरहने कुरा ज्योतिषीले बताएको टिप्पणी गरेका छन् । वैशाख ३० गते गठबन्धनका लागि ठूलो खड्को रहेको ओलीले बताए ।

‘असार १७ पछि गठबन्धन रहँदैन भन्ने ज्योतिषीको कुरा हो, मैले ज्योतिषीको कुरा भनेको । ज्योतिषी एउटा ग्रहदशा हेर्ने, एउटा राजनीति हेर्ने हुन्छन् । दुवै ज्योतिषीले गठबन्धनका अगाडि महासंकट आउँछ भनेका छन् । ज्योतिषीहरूले त गठबन्धनका लागि ठूलो खड्को वैशाख ३० मै छ भनेका छन् । ढाडै भाँचिने हुन्छ भन्ने ज्योतिषीको कुरा छ,’ आइतवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने । 

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ओलीले गठबन्धनको आयु असार १७ सम्म मात्र रहेको बताएका थिए । 

त्यसबारे सोधिएको प्रश्नको जवाफमा ओलीले भने, ‘मेरो कुरामा विश्वास नलागे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्ना ज्योतिषीलाई सोध्न सुझाव दिन्छु ।’

 

salt training

कमेन्ट गर्नुहोस्