असोज ३, २०८०
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
बैशाख २५, २०७९
२०७४ को स्थानीय तह चुनावमा खुलेर प्रचारसमेत गर्न नपाएको नेकपा एमालेले अहिले जनकपुर उपमहानगरपालिकामा सशक्त चुनावी प्रचार गरिरहेको छ । शहरदेखि गाउँसम्म एमालेको झण्डा र चुनाव चिह्न फहराइएका छन् ।
एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि व्यावसायिक पृष्ठभूमिका शिवशंकर साह(हीरा)लाई उम्मेदवार बनाएको छ । उनको चुनावी अभियान, एजेण्डा र जीतहारको प्रक्षेपणबारे लोकान्तरका विन्देश दहाल र उद्धव थापाले अन्तर्वार्ता गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
चुनाव प्रचार कसरी गरिरहनुभएको छ ?
निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहिता पालन गर्दै चुनाव प्रचार गरिरहेका छौं । प्रचारका क्रममा नकारात्मक कुरा कम, सकारात्मक कुरा बढी गरिरहेका छौं । प्रतिस्पर्धीहरूसँग पनि सद्भाव राखेरै चुनाव प्रचार गर्दैछौं । आफ्नो कुरा राख्ने र नकारात्मकतालाई स्थान नदिने गर्दै हामी प्रचार गरिरहेका छौं ।
मेयर पदमा तपाईंसहित धेरै उम्मेदवार हुनुहुन्छ ? तपाईंलाई नै जनकपुरवासीले किन मेयर बनाउने ?
म जनकपुरधामलाई भ्रष्टाचाररहित, सफा, स्वच्छ, हराभरा नगर बनाउँछु भन्ने संकल्पका साथ चुनाव लड्न आएको हुँ । जनकपुरको हाताभित्र रहेका सबै सरकारी गैरसरकारी कार्यालयहरूमा पाँच वर्षभित्र मैले भ्रष्टाचारविरुद्ध शून्य सहनशीतलाको सिद्धान्तलाई कार्यान्वयन गर्नेछु । विगतमा जनकपुर उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा त्यहाँ भएको भ्रष्टाचारलाई मैले शून्यमा झारेको थिएँ । त्यतिखेर मैले कुनै पनि सेवासुविधा नलिइकन काम गरेको थिएँ ।
अनि जनकपुरको स्वच्छता अभियान, मच्छडरहित शहर बनाउने अभियान, लोडशेडिङमुक्त शहर अभियानमा म प्रत्यक्ष संलग्न रहें । कोरोनाकालमा भारतसँगको नाका बन्द हुँदा छिटो खुलाउन मैले पहल गरेको थिएँ । महिला हिंसा हुँदा त्यसविरुद्ध आवाज उठाउन म अग्रपंक्तिमा थिएँ । यहाँ महिला, दलित, मुसलमान लगायतका अल्पसंख्यकले मलाई पत्याएका छन् ।
जनकपुरका लागि मेरा अल्पकालीन र दीर्घकालीन दुवैथरी योजनाहरू छन् । जितेको १०० दिनभित्र म उपमहानगरपालिकालाई पूर्णरूपमा पारदर्शी बनाएर आयव्यय विवरण सार्वजनिक गर्नेछु । त्यही अवधिमा म फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्थासहित जनकपुरलाई मच्छडरहित बनाउनेछु । त्यस्तै १०० दिनभित्र म शहरका चोकचौराहाहरूमा सुलभ शौचालयको व्यवस्था गर्नेछु । अनि १०० दिनभित्र म शहरका प्रमुख ठाउँमा फ्री वाईफाई जोन बनाउनेछु । पार्किङलाई पनि व्यवस्थापन गर्नेछु ।
यो चुनावी नारा मात्र हो कि काम पनि गरेर देखाउनुहुन्छ ?
जुन बेलामा मैले जनकपुरलाई लोडशेडिङमुक्त बनाउँछु भनेको थिएँ, त्यसबेलामा पनि मानिसहरूले यस्तै भनेका थिए । तर मैले त्यो गरेर देखाएको हुँ । तपाईंको इच्छाशक्ति छ भने जस्तो काम पनि गरेर देखाउन सकिन्छ । जनकपुरको नाकाबन्द भएको बेला नाका खुलाउने प्रयास गर्दा पनि धेरैले विश्वास गरेका थिएनन् । त्यो काम मैले गरेर देखाएको थिए । त्यसो हुँदा जनताले मलाई काम गर्न सक्ने क्षमता भएको व्यक्तिको रूपमा चिनेका छन् ।
तपाईंहरूको चुनावी प्रतिस्पर्धा पेचिलो छ । आफ्नो निकटतम प्रतिद्वन्द्वी कुन पार्टीलाई मान्नुहुन्छ ?
गठबन्धनको त के कुरा गर्नु र ? उसले भाँडभैलो गरी आफैंलाई समस्यामा पारेको छ । त्यस्तो हुँदा हामीलाई त झन् सजिलो भएको छ । मधेशवादी दलको कुरा गर्दा यिनीहरू ठगैती र शहीदको लाशको व्यापार गरिरहेका छन् । त्यसलाई जनताले छर्लंग बुझिसकेका छन् । आज कति शहीद परिवारलाई उनीहरूले टिकट दिए ? कतिवटा शहीद परिवारलाई उनीहरूले नोकरी दिए ? उनीहरू जनताका अगाडि नग्न भइसकेका छन् ।
एमालेलाई २०७४ को चुनावको बेलामा शहरमा घुम्न दिइएको थिएन । त्यतिखेर एमालेको विरोधी माहोल बनाइएको थियो । तर, अहिले मलाई लाग्छ, जनता सबभन्दा बढी एमालेसँग जोडिएको छ । यो देशको विकास नेकपा एमाले, सूर्य छाप र केपी शर्मा ओलीले गर्न सक्छ भन्ने कुरा जनताले भन्न थालिसकेका छन् ।
केपी ओलीको त्यो प्रभाव नै तपाईंहरूको जित्ने आधार हो ?
केपी ओलीको संकल्प र दृढ अठोटले मलाई प्रभावित पारेको छ र जनता पनि प्रभावित छन् । तराईको बच्चाबच्चालाई थाहा छ, यो देशको नसीब कसैले बदल्न सक्छ भने त्यो ओलीले नै हो । त्यसले पनि हाम्रो जीतको आधार तय गर्छ ।
तपाईं मेयरमा पहिलो हुनुभयो भने दोस्रो चाहिँ को होला ?
दोस्रो त टाढाटाढासम्म पनि कोही छैन । गठबन्धन छँदै छैन, मधेशवादी दल छँदै छैन, स्वतन्त्रलाई मानिसले स्वीकार गर्नै सक्दैन । गठबन्धनमा रहेका निवर्तमान मेयरलाई यहाँ घुम्न दिइरहेको छैन । उनी लुकीलुकी हिँडिरहेका छन् । गठबन्धनका दल एकले अर्कोलाई स्वीकारिरहेका छैनन् । एकअर्कालाई गालीगलौज गर्नमै उनीहरू शक्ति खर्च गरिरहेका छन् ।
तपाईंहरूकोमा जातीय क्लस्टरको भोटको पनि महत्त्व हुँदोरहेछ हैन् ?
मधेशमा जातीय क्लस्टर चाहिँ चल्दो रहेछ तर अहिले त्यो भन्दा पनि विकासको मुद्दा हावी भएको छ । जनताले धेरै पीडा सहिसके । भूकम्पदेखि दुईदुईवटा मधेश आन्दोलनसम्म जनताले धेरै दुःख पाइसकेका छन् । अब जनताले पनि बुझिसके– नागरिकता विधेयक होस्, मधेशलाई थप अधिकार दिने कुरा होस्, त्यो एमालेबाटै सम्भव छ । ओलीको अन्तिम मन्त्रिमण्डल हेर्नुस्, ५१ प्रतिशत मधेशीलाई स्थान दिइएको थियो । मधेशलाई माया गर्ने, सम्मान दिने एक मात्र नेता हुन् केपी शर्मा ओली ।
तपाईंहरूको चुनाव प्रचारमा ब्यानरसहित गाडीहरू देखियो । चुनाव प्रचार खर्च कति जति होला ?
हामी ६ देखि सात लाखभित्र चुनाव प्रचार सक्नेछौं । आयोगले तोकेको सीमाभन्दा बढी हामी खर्च गर्दैनौं ।
स्थानीय तहको निर्वाचन अत्यन्तै खर्चिलो भयो, पैसा नभएको व्यक्ति लड्नै नसक्ने भयो भन्ने गुनासो सुनिन्छ । तपाईंहरू कम पैसामा चुनाव प्रचार गर्नुहुन्छ भने यो बहस किन त ?
केही भूमाफियाहरूले स्वतन्त्र उठेर पैसाको खोला बगाइरहेका छन् । तर हामी जस्ता दलसँग आबद्ध उम्मेदवारले आफ्नो संगठनमा विश्वास गर्नुपर्ने हुन्छ । संगठनको साथीहरूलाई लिएर हामीले पैसा भन्दा पनि विचारको राजनीतिमा जोड दिनुपर्छ ।
अन्य उम्मेदवारहरूले गरेको चुनावी खर्च हेर्दा तपाईंहरूलाई पनि त्यसैगरी खर्च गर्न मन लाग्दैन ?
हेर्नुस्, जनता सब जानती है । अहिले ठेकेदारहरू चुनावमा उठेर जनकपुरको विकास नभएको देख्दा पीडा हुन्छ भनिरहेका छन् जबकि त्यो मान्छे यहाँ हुर्के बढेको पनि हैन । ऊ यही जिल्लाको अर्को नगरपालिकामा जन्मेहुर्केको हो । त्यहाँ नै विकास भएको छैन । ऊ विकास गर्छ भने पहिला त्यहाँ गरेर देखाओस् । उसले घडियाली आँसु बगाएको हो कि हैन ? त्यसैले जनतालाई थाहा छ, ऊ चुनाव जितेर थप भ्रष्टाचार गर्न आएको हो ।
मेरो कुरा गर्नुहुन्छ भने मैले प्रदेश उद्योग वाणिज्य महासंघको पनि नेतृत्व गरें । वीरगञ्ज जस्तो देशको आर्थिक राजधानीमा रहेका ठूला व्यापारीहरूले समेत महासंघमा मेरो नेतृत्व स्वीकार गरे । ममा केही देखेरै त उनीहरूले त्यसो गरेका हुन् । त्यसैले जनकपुरका मान्छेलाई थाहा छ, हिरा साहले नै उपमहानगरपालिकाको नेतृत्व सम्हाल्न सक्छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...