२२ जेठ २०८३, शुक्रबार

अब काठमाडौंमा ५० वटा स्मार्ट र ५० वटा इ ट्वाइलेट

कात्तिक २०, २०७४
अब काठमाडौंमा ५० वटा स्मार्ट र ५० वटा इ ट्वाइलेट

काठमाडौं, ३० असार - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ५० वटा स्मार्ट र ५० वटा इ ट्वाइलेट निर्माण गर्ने भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै एक सय वटा सार्वजनिक शौचालय निर्माणको विषय उल्लेख गरेका हुन् ।

पब्लिक ट्वाइलेटलाई स्मार्ट र इलेक्ट्रोनिक्स प्रविधिको बनाउने योजना रहेको महानगरपालिकाले जनाएको छ ।

महानगरले नयाँ प्रविधिमा आधारित होडिङ बोर्ड प्रवद्र्धन गर्ने समेत जनाएको छ । सेवाग्राहीका उजुरी सुन्न मोबाइल एप प्रयोगमा ल्याउने तयारी गरेको छ ।

विद्युतीय नक्सा पासलाई सरल बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मानोरेल, मेट्रो रेल, ट्रयाम र सिटी केबलबारको सम्भाव्यता पनि अध्ययन गरिने शाक्यले बताए ।

salt training

कमेन्ट गर्नुहोस्