
बुटवलमा नेकपा एमालेद्वारा आयोजित चुनावी सभा सकिएपछि नेताहरूले सभास्थल सफा गरेका छन् ।
एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, मेयर पदका उम्मेदवार तथा एमाले नेताहरूले सफाइ गरेका हुन् ।
पानीका बोतल, प्लाष्टिकलगायत फोहोरहरू उनीहरूले बोरामा जम्मा पारेका थिए । सभा बुटवल–११ देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानमा आयोजना गरिएको थियो ।
आफूले गरेको फोहोर आफैँ व्यवस्थापन गर्नुपर्ने बताउँदै फोहोर व्यवस्थापन गरिएको नेताहरूले बताएका छन् ।
बिहान ११ बजेदेखि शुरू हुने भनिए पनि एमाले अध्यक्ष ओली आउन ढिलाइ हुँदा ३ बजेबाट मात्र कार्यक्रम शुरू भएको थियो ।

