काठमाडौ, पुस १९– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सशोधनको विरोधमा रहेका ८ दलको बैठक बोलाएको छ । बैठक १२ बजे नयाँ वानेश्वरमा बस्नेछ ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी समिति बैठकले सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गर्दै संसद खोल्ने विषयमा भने संशोधनको विरोध गरिरहेका ८ दलसँग छलफल गरेरमात्रै निश्कर्षमा पुगिने निर्णय गरेको हो ।
एमाले सचिव पृथ्वी सुब्बा गुरुङले संसद खोल्ने नखोल्ने विषयमा अन्य प्रतिपक्षी ८ दलसँग छलफल गरेर निर्णयमा पुगिने जानकारी गराए ।