१७ असार २०८३, बुधबार
स्थानीय तह निर्वाचन

नेताहरूको देश दौडाहा – देउवाले आज धनगढीको सभालाई सम्बोधन गर्दै, ओली धरान जाने

बैशाख २६, २०७९
नेताहरूको देश दौडाहा – देउवाले आज धनगढीको सभालाई सम्बोधन गर्दै, ओली धरान जाने

चुनावी सभालाई सम्बोधन गर्न यतिखेर राजनीतिक दलका शीर्ष नेताहरू देश दौडाहामा रहेका छन् । 

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आफ्नो पार्टीका तर्फबाट उठाइएका उम्मेदवारलाई भोट अपिल गर्न नेताहरूको दौडधूप बाक्लिएको हो । 

सोमवार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढीमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

आइतवार पोखरा र दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गरी देउवाले सोमवार धनगढीमा सम्बोधन गर्न लागेका हुन् । 

धनगढीमा आयोजना हुने चुनावी सभालाई सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले सम्बोधन गर्नेछन् । 

देउवाले अन्तिम चुनावी सभालाई डडेल्धुरामा सम्बोधन गर्दैछन् । भोलि (मंगलवार) डडेलधुरामा कांग्रेसले अन्तिम चुनावी सभा आयोजना गर्ने तयारी गरेको छ। 

यस्तै सोमवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानमा चुनावी सभालाई सम्बोधन गर्दैछन् । 

एमालेको आयोजनामा आयोजित चुनावी सभालाई ओलीले सम्बोधन गर्न लागेका हुन् । 

ओलीले  आइतवार बुटवल र चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्