१४ असार २०८३, आइतबार

मतदान र सहायक मतदान अधिकृतलाई तालिम

बैशाख २६, २०७९
मतदान र सहायक मतदान अधिकृतलाई तालिम

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइएको छ । 

जिल्लामा ७४  मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार बेनी सामुदायिक माविमा तालिम सञ्चालन गरिएको हो ।  

तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए । 

उनका अनुसार मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिका बारेमा सिकाइएको छ । साथै मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ ।

निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको छ । तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, धौलागिरि, अन्नपूर्ण, मङ्गला, मालिका र रघुगङ्गाका निर्वाचन अधिकृतहरु क्रमश ः भोलाराज रेग्मी, जानुका सुवेदी, धर्मराज पौडेल, गोविन्द उपाध्याय र तेजप्रसाद पौडेल तथा निर्वाचन अधिकारी घिमिरेले सहजीकरण गरेका थिए । 

छ स्थानीय तह र ४५  वडा रहेको जिल्लामा ४१ हजार ४१४  पुरुष, ४३ हजार ९६० महिला र एक  तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ जना मतदाता छन् । निर्वाचित हुने २३५ पदका लागि ७१८  उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

salt training

कमेन्ट गर्नुहोस्