०७ असार २०८३, आइतबार

तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

बैशाख २६, २०७९
तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने  भएको छ । 

जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउने उद्देश्यसहित मौन अवधिको समयमा जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । साथै बैठकले वैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म राति ९ः३० बजेसम्म मात्र होटल तथा रेष्टुराँ सञ्चालन गर्न पाउने निर्णय गरेको छ । 

    निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्