१३ असार २०८३, शनिबार

आठौं सार्क सम्मेलनमा भाग लिएर गृहमन्त्री शर्मा स्वदेश फिर्ता

कात्तिक २०, २०७४
आठौं सार्क सम्मेलनमा भाग लिएर गृहमन्त्री शर्मा स्वदेश फिर्ता

काठमाडौं, ३० असार –गृहमन्त्री जनार्दन शर्मा श्रीलंकाको कोलोम्बोमा सम्पन्न आठौं सार्क राष्ट्रहरुको गृहमन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई शुक्रवार स्वदेश फर्केका छन् ।

त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले बैठकमा सार्क राष्ट्रहरुका नागरिकहरुले सार्क राष्ट्रहरुमा अवागमन गर्दा भिषा प्रकृयालाई सरलीकरण गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्री शर्माले सार्क भिषा एक्जीम्सन स्टिकर स्किमको विकास गर्ने विषयमा छलफल भएको बताउदै कार्यान्व्यनमा जानेगरी बाँकी कार्य छिटो सम्पन्न गर्ने बताए ।

बैठकमा सार्क राष्ट्रहरुमा रहेका प्रहरी सँगठनबिच सहयोग र समझदारी विकास गर्न सार्क राष्ट्रहरुका प्रहरीहरुको सम्मेलन आगामी सेप्टेम्बर महिनामा नेपालमा आयोजना गर्ने निर्णय भएको छ ।
सम्मेलनमा भाग लिन गृहमन्त्री शर्मा, सचिव लोकदर्शन रेग्मी, प्रवक्ता दिपक काफ्ले गत मंगलबार श्रीलंका प्रस्थान गरेका थिए ।

गृहमन्त्री शर्माले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, कानुन र व्यवस्था मन्त्री लगायतका उच्चपदस्त अधिकारीहरुसँग भेटघाट गरेका थिए ।

कमेन्ट गर्नुहोस्