०३ असार २०८३, बुधबार

जब स्थानीयवासीलाई चितुवाले आक्रमण गर्न थाल्यो...

बैशाख २६, २०७९
जब स्थानीयवासीलाई चितुवाले आक्रमण गर्न थाल्यो...
प्रतिनिधिमूलक तस्वीर।

स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् ।

सोमवार बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताए । घर नजिकै पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीयवासी दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेको उनले बताए । 

मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयवासीले काठको दाउराले टाउकामा हानेर मारेका हुन् । चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोक बस्ने ४३ वर्षीय दुर्गाबहादुर गोतामे घाइते भएका छन् । 

आफ्नो ज्यानको सुरक्षा गर्नेक्रममा गोतामेको कान, टाउको र हातमा चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ ।

मान्छेलाई आक्रमण गर्ने चितुवा मरेपछि प्रहरी र इलाका वन कार्यालय बिरुवाका वन अधिकृत हरिबहादुर थापा घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी गरिएको छ । 

वन अधिकृत थापाका अनुसार पोथी जातको चितुवा १.६ मिटर लम्बाइ, ५२ सेमी उचाइ र १५ किलो तौलको रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्