०५ साउन २०८३, मंगलबार

मलाई धेरै विश्वास युवाहरूमा छ, त्योभन्दा बढी महिलाहरूमा- केशव स्थापित

बैशाख २६, २०७९
मलाई धेरै विश्वास युवाहरूमा छ, त्योभन्दा बढी महिलाहरूमा- केशव स्थापित

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफूलाई धेरै विश्वास युवाहरूमाथि भएको बताएका छन् । नेकपा (एमाले)बाट उम्मेदवार बनेका उनले युवाहरूमा पनि महिलाहरूमा धेरै विश्वास भएको बताएका हुन् । 

‘किनभने उहाँहरूले मैले कहिल्यै पनि भ्रष्टाचार गरेको पाइनँ, त्यसैले मलाई महिलामाथि विश्वास छ,’ उनले भने, ‘उनीहरू आएर आफ्नो खुबी देखाउन् । बराबरीभन्दा धेरै महिलाको सहभागिता चाहेको छु । म कैयौँ कुरा सुधार गर्छु ।’

अहिलेका युवा पुस्तालाई लिएर उनीहरूको योजनाअन्तर्गत जाँदा शहरले विकासको नयाँ रुप पाउने उनको भनाइ छ । 

यस्तै उनले गठबन्धनका उम्मेदवार आफूभन्दा कमजोर प्रतिस्पर्धी भएको बताए । प्रतिस्पर्धीहरू विनाकुनै योजना बोकेर महानगरको दाबी गरेको उनको भनाइ छ । उनले आफूले मेयरमा जितेपछि अहिलेको भन्दा १० गुणा बढी राजश्व उठाएर काम गर्ने बताए । 

स्थापितले महानगरले उठाउन बाँकी ४८ अर्ब राजस्व रहेको आफ्नो विज्ञ टिमले पत्ता लगाएको पनि बताए । साथै सो रकम आफू मेयर बनेको ६ महिनाभित्र उठाएर महानगर विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । 

उनले आफू मेयर बनेपछि सबैभन्दा पहिला त्रिचन्द्र कलेजको पुनः निर्माण गर्ने पनि उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्