३० असार २०८३, मंगलबार

‘एउटाले चितवनमा अर्कोले पोखरामा धम्क्याउने, कांग्रेस घुर्की सुन्ने पार्टी बन्यो’

बैशाख २६, २०७९
‘एउटाले चितवनमा अर्कोले पोखरामा धम्क्याउने, कांग्रेस घुर्की सुन्ने पार्टी बन्यो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अरूको धम्की र घुर्की सुन्ने पार्टी बनेको टिप्पणी गरेका छन् । 

‘एउटाले चितवनमा गएर धम्काउँछ अर्कोले पोखरामा आएर धम्काउँछ । कांग्रेस धम्की घुर्की सुन्ने पार्टी बनेको छ,’ सोमवार कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘हिजो यहीँ सुन्नु भयो होला कांग्रेसले घमण्ड नगर हामीले प्रधानमन्त्री बनाएको भनेर घुर्काएको ।’

रुखमा भोट नहाल्नेलाई राष्ट्रको बजेट दिइँदैन भनेर कांग्रेस नेतृ डा. आरजु देउवाले दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए । ओलीले एमालेबाट टुक्रिएको सानो चोइटोले पोखरा महानगरको नेतृत्व गर्ने सपना देखेको भन्दै ठट्टा गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्