०४ असार २०८३, बिहीबार

३ हजार २ जनामा परीक्षण गर्दा ८ जनामा संक्रमण, १७ जना निको

बैशाख २६, २०७९
३ हजार २ जनामा परीक्षण गर्दा ८ जनामा संक्रमण, १७ जना निको

पछिल्लो २४ घन्टामा मुलुकभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार ३ हजार २ जनामा गरिएको नमुना परीक्षणका क्रममा ६ जनामा पीसीआरमार्फत र २ जनामा एन्टीजेनमार्फत कोरोना पुष्टि भएको हो ।

यससँगै मुलुकभर हालसम्म पीसीआर परीक्षणमार्फत ९ लाख ७८ हजार ९४८ जनामा र एन्टीजेन परीक्षणमार्फत १ लाख ४० हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस दिन १७ संक्रमित उपचारपछि निको भएका छन् । 

यससँगै मुलुकभर ९ लाख ६६ हजार ८०६ जना संक्रमित निको भएका छन् ।

यस दिन संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य छ । 

यससँगै मुलुकभर  हालसम्म ११ हजार ९५२ संक्रमितको  मृत्यु  भएको छ ।

मन्त्रालयका अनुसार हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १९० रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्