०५ साउन २०८३, मंगलबार

चुनावी प्रचारमा होमिए प्रकाण्ड

बैशाख २६, २०७९
चुनावी प्रचारमा होमिए प्रकाण्ड

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनावी प्रचारमा होमिएका छन् । उनी गृहजिल्ला कालीकोटमा चुनावी प्रचारप्रसारमा जुटेका हुन् । उनी सोमबार रास्कोटको चुनावी सभामा सहभागी भएर पार्टीको तर्फबाट स्वतन्त्र रुपमा प्रतिस्पर्धामा रहेका उम्मेदवारको पक्षमा माहोल बनाउन जुटेका हुन् । उनले सामाजिक सञ्जालमार्फत सभामा सहभागी भएको फोटो सार्वजनिक गर्दै स्वतन्त्र, जनपक्षीय र क्रान्तिकारी उम्मेदवारहरूलाई विजयी गराउन आह्वान गरेका छन् । 

चुनावमा पार्टीको सहभागिताको विषयलाई लिएर विप्लव नेतृत्वको पार्टी नै विभाजित बनेको थियो । नेता धर्मेन्द्र बास्तोला समूहले चुनावमा जाने विषयमा विप्लव समूहको लाइनप्रति असहमत हुँदै नेकपा (बहुमत) गठन गरिसकेको छ । जुन पार्टी सोमबारमात्रै घोषणा भएको हो । 

कपिलवस्तुमा केही पहिले बसेको केन्द्रीय समिति बैठकले पार्टी चुनावमा सहभागी नहुने तर स्वतन्त्ररुपमा उम्मेदवारी दिनेगरी निर्णय भएको थियो । तर, निर्णयविपरीत विप्लव समूह पार्टी नै दर्ता गर्ने तथा एमालेसँग मिल्ने नीतिका साथ अघि बढेपछि विवाद चर्किँदै गरेर विभाजनसम्मको अवस्था आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्