२९ जेठ २०८३, शुक्रबार

जापानमा दुई चीनियाँ मृत अवस्थामा भेटिए

कात्तिक २०, २०७४
जापानमा दुई चीनियाँ मृत अवस्थामा भेटिए


बेइजिङ, ३० असार - जापानको राजधानी टोकियो नजिकै हराइरहेका दुई जना चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन् ।dead

जापानको प्रहरीले उनीहरू टोकियो नजिकै मृत अवस्थामा भेटिएको पुष्टी गरेको चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुअङले शुक्रबार जानकारी दिनुभयो ।

दुवै जनाको शव टोकियो नजिकैको पहाडी जङ्गलमा बाकसभित्र राखेर फालेको अवस्थामा भेटिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानमा रहेको चिनियाँ दूतावासले दुई जना चिनियाँ महिला जापानको योकोहामाबाट जुलाई ६ तारिखदेखि हराइरहेको मङ्गलबार जनाइएको पनि प्रवक्ता गेङले बताउनुभयो ।

त्यसपछि चिनियाँ दूतावासले जापानको प्रहरीलाई भेटेर आपतकालीन खोजी तथा उद्धार संयन्त्र निर्माण गरी पूर्ण गतिमा उनीहरूको खोजी गरिदिन आग्रह गरेको थियो । सोही आग्रह अनुसार नै प्रहरीले खोजी गर्दा शुक्रबार उनीहरूको शव भेटिएको प्रवक्ताको भनाई छ ।

उहाँले मृतकका परिवारजन र आफन्तहरूप्रति सहानुभूति पनि व्यक्त गर्नुभयो । जापानमा रहेको चिनियाँ दूतावासले दोषी पक्राउ गरी कारबाही गराउन नजिकबाट लागिरहेको उहाँले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्