
मंगलवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार यस्तो सुन प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमवार चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।