१४ असार २०८३, आइतबार

पौडी खेल्दा बेपत्ता भएका बालक भेटिएनन्

बैशाख २७, २०७९
पौडी खेल्दा बेपत्ता भएका बालक भेटिएनन्

तनहुँको घिरिङ गाउँपालिका-१, पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमवार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका-५ धेनुङका १२ वर्षीय ईश्वर विक रहेको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । बेपत्ता बालकको आज पनि खोजी कार्य जारी छ । 

पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका हुन् । अन्य दुई भने नदी तर्न सफल भएका थिए । बेपत्ता बालकका आमा पूर्णमाया विकले छोराको खोजीका लागि सहयोग पुर्‍याउन आग्रह गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्