२५ असार २०८३, बिहीबार

सचिवको सरुवापछि निर्वाचन आयोगले किन्दैछ महंगा गाडी

कात्तिक २०, २०७४
सचिवको सरुवापछि निर्वाचन आयोगले किन्दैछ महंगा गाडी
काठमाडौं, ३१ असार - प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ । तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्‍याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान गरिएको खबर अन्नपूर्ण पोस्टमा छ ।Election Comission
प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई सरुवा गरी कामुसचिवमा महेश्वर न्यौपानेलाई आयोगमा ल्याइएपछि गाडी खरिद प्रक्रिया सुरु गरिएको छ । आयोगले शुक्रबार एक दैनिकमा विज्ञापन प्रकाशन गरी ५ वटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको छ । प्रत्येक आयुक्तलाई एक करोडसम्मको गाडी खरिदका लागि १९ साउनभित्र आवेदन दिन आयोगले टेन्डर आह्वान गरेको हो ।
‘०६४ सालमा विदेशीले दिएका गाडी आयुक्तहरूले चढ्ने गरेका छौं,' निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने , ‘गाडी पुराना भएकाले धेरै इन्धन खर्च हुने र जिल्ला भ्रमणमा जान कठिन हुने भएकाले नयाँ गाडी खरिद गर्न लागिएको हो ।'
तर, तत्कालीन आयोग सचिव मैनालीले भारत सरकारले ३७ वटा नयाँ गाडी दिइसकेकाले नयाँ गाडी खरिद गर्न नहुने अडान राखेका थिए । त्यतिबेला गाडीलाई पनि निर्वाचन सामग्रीअन्तर्गत नै राखेर छोटो विधिबाट खरिद प्रक्रिया अवलम्बन गर्न खोजिएपछि मैनालीले आपत्ति जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्