२९ जेठ २०८३, शुक्रबार

सगरमाथासहित ४ वटा हिमालबाट निस्कियो १७ हजार किलो फोहोर

बैशाख २७, २०७९
सगरमाथासहित ४ वटा हिमालबाट निस्कियो १७ हजार किलो फोहोर

नेपाली सेनाले सगरमाथालगायत ४ वटा हिमालबाट १७ टन फोहोर संकलन गरेको छ ।

सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालबाट १७ हजार किलो फोहोर संकलन गरेको सेनाले जनाएको हो । 

सेनाका अनुसार सगरमाथा र ल्होत्सेबाट कुहिने ८९६ र नकुहिने ५ हजार ४६९ किलो गरी ६ हजार ३६५ किलो, कञ्चनजंघाबाट ६०९ कुहिने र ६ हजार ३ नकुहिने गरी ६ हजार ६१२ किलो र मनास्लुबाट ५५५ कुहिने र ३ हजार ४६८ किलो नकुहिने गरी ४ हजार २३ किलो फोहोर संकलन गरेको हो ।

प्रधानसेनापति प्रभुराम शर्माले भिडियो टेलिकम्युनिकेशनमार्फत  सफाइ अभियानको प्रगति विवरणबारे जानकारी लिएका छन् । उनले  भौगोलिक विकटता र प्रतिकूल मौसमको समेत प्रवाह नगरी सेनाका सकल दर्जाले गरिरहेको कार्यहरूको मूल्यांकन गर्दै जिम्मेवारी कुशलतापूर्वक समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । 

सफाइ अभियान वैशाख २४ गतेदेख शुरू भएको हो । अभियानको शुरूवात सहसेनानी राजु श्रेष्ठको टोलीले गरेको थियो । 

 

salt training

कमेन्ट गर्नुहोस्