०९ साउन २०८३, शनिबार

युक्रेनलाई अब एक हप्तासम्म मात्र सहयोग गर्न अमेरिकासँग पैसा बाँकी

बैशाख २७, २०७९
युक्रेनलाई अब एक हप्तासम्म मात्र सहयोग गर्न अमेरिकासँग पैसा बाँकी

युक्रेनलाई अबको एक हप्तासम्म मात्र सैन्य सहयोग गर्ने पैसा अमेरिकासँग बाँकी रहेको रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले बताएका छन् । 

सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले युक्रेनमा लगानी गर्नका लागि लगभग १० करोड डलर मात्र बाँकी रहेको बताए । त्यसैले बाइडन प्रशासनले कंग्रेसलाई थप ३३ अर्ब डलर बराबरको सहायता प्याकेज पारित गर्न आग्रह गरेको उनको भनाइ छ । 

अहिलेसम्म कंग्रेसले यो रकम छुट्ट्याएको छैन । कंग्रेसलाई छिटो रकम निकासा गर्न आग्रह गरिएको कर्बीको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्