रुसी सेना तथा डोनेत्स्क लुगान्स्क मिलिसियाहरूले बिलोहोरिव्का नजिक युक्रेनी सेनाको प्रतिरक्षालाई भत्काएका छन् ।
पोपास्नायालाई नियन्त्रणमा लिएर अघि बढेको रुसी सेनाले सेभेरोडोनेत्स्क तथा लिसिचान्स्कमा रहेका ८ हजार युक्रेनी सैनिकहरू घेराबन्दीमा पर्ने सम्भावना बढेको छ ।
बिलोहोरिव्का गुमाउनुपर्दा अनि पोपास्नायाबाट पछि हट्नुपर्दा युक्रेनलाई महत्त्वपूर्ण सोलेदार–लिसिचान्स्क सडकमा जोखिम आइलागेको छ । उक्त सडक हुँदै डोनबासमा रहेका युक्रेनी सैनिकहरूलाई सामग्रीहरू आपूर्ति गर्ने गरिएको छ ।