०१ असार २०८३, सोमबार

'अरू कुरा गर्छन्, हामी काम गर्छौं' भन्दै देउवाले गरे रूख चिह्नमा मतदान गर्न अपिल

बैशाख २७, २०७९
'अरू कुरा गर्छन्, हामी काम गर्छौं' भन्दै देउवाले गरे रूख चिह्नमा मतदान गर्न अपिल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदातालाई ‘रुख’ चिह्नमा मतदान गर्न अपिल गरेका छन् । 

मंगलवार अपिल जारी गर्दै उनले आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका हुन् । 

‘नेपाली कांग्रेस एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिबद्ध छ,’ अपिलमा भनिएको छ, ‘कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवद्र्धन, जलविद्युतको उत्पादन, पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लगायतका संकल्प नेपाली कांग्रेसले लिएको छ ।’

उनले कांग्रेस आमनेपालीको ढुकढुकी भएको बताएका छन् । ‘अरू कुरा गर्छन्, हामी काम गर्छौं, सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो,’ अपिलमा उल्लेख छ । ​

salt training

कमेन्ट गर्नुहोस्