×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

महालक्ष्मी नगरपालिकाको चुनाव : कांग्रेसी मतदाताको मन जित्न माओवादी-एस प्रतिस्पर्धा

बैशाख २७, २०७९

NTC
Premier Steels

ललितपुरको महालक्ष्मी नगरपालिकामा नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) सम्मिलित गठबन्धन, एमाले र नेकपा एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

Muktinath Bank

गएको निर्वाचनमा मेयर, उपमेयरसहित ८ वटा वडा जितेको एमालेलाई पार्टी विभाजनका कारण विरासत जोगाउन चुनौती थपिएका बेला कांग्रेस र माओवादी गठबन्धन बनाएर चुनावमा होमिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले पनि छुट्टै उम्मेदवारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

मेयरमा नेकपा एमालेबाट हरिगोविन्द श्रेष्ठ, माओवादी केन्द्रबाट शिवप्रसाद कट्टेल, नेकपा एकीकृत समाजवादीबाट नकुल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवीण खत्रीसहित ९ जनाले उम्मेदवारी दिएका छन् ।

Vianet communication

हरिगोविन्द श्रेष्ठ

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन, नेकपा एमालेबाट वीणा सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेवी महर्जन र स्वतन्त्रबाट छिरिङ दोर्जी शेर्पाले उम्मेदवारी दिएका छन्।

नेकपा माओवादी केन्द्रका मेयर तथा नेपाली कांग्रेसका उपमेयर पदमा गठबन्धन बनेको छ । नेकपा एकीकृत समाजवादीले गठबन्धन बनाउने उद्देश्यले उपमेयर पदमा उम्मेदवार नउठाए पनि गठबन्धन बन्न सकेन।

सबैको आ-आफ्नै दाबी

गठबन्धनबाट नेकपा माओवादी केन्द्रको मेयर पदका उम्मेदवार शिवप्रसाद कट्टेल आम मतदाताले भव्य स्वागत गर्नुका साथै गठबन्धनलाई सकारात्मक रूपमा लिएको बताउँछन्। घरदैलो अभियानमा जाँदा आमाबुवा, दाजुभाइ, दिदीबहिनी सबैले भव्य स्वागत गर्दै जीत सुनिश्चित रहेको प्रतिक्रिया दिइरहेको उनले बताए।

शिव कट्टेल

'महालक्ष्मी नगरपालिकालाई भव्य र सभ्य बनाउन हामीलाई हरेक घर, टोल बस्तीमा नै राम्रो रेस्पोन्स गर्नुभएको छ,' उनले लोकान्तरसँग भने, 'यो गठबन्धनलाई पछिसम्म पनि निरन्तर लग्नुपर्छ भनेर आम मतदाताले सुझाव र सल्लाह समेत दिनुभएको छ ।'

नेकपा एकीकृत समाजवादी पार्टीले छुट्टै उम्मेदवारी दिए पनि त्यसले खास असर नगरेको उनले दाबी गरे । 'नेकपा एमाले विगतमा जिते पनि ५ वर्षमा कुनै उल्लेखनीय काम नगरेको हुनाले पनि यसपटक मतदाताले एमालेको विकल्पमा हामीलाई नै मतदान गर्ने भनेर भन्नुभएको छ,' उनले लोकान्तरसँग थपे, '९० प्रतिशत भोट लिएर जितेको एमालेले काम नै गरेन। जनता परिवर्तनको पक्षमा छन् ।'

नेकपा एमालेका मेयर उम्मेदवार हरिगोविन्द श्रेष्ठ पनि आफू जित्ने दाबी गर्छन्। गएको ५ वर्षमा नेकपा एमालेले जितेर उल्लेखनीय विकास गरेको हुनाले पनि विकास गर्ने पार्टी भनेकै एमाले रहेको आममतदाताले घरदैलो अभियानका क्रममा प्रतिक्रिया दिइरहेको उनले बताए । यसपटक पनि नेकपा एमालेको मेयर, उपमेयर, वडाध्यक्षसहित सबै सदस्यहरूलाई नै जिताउने भनेर मतदाताहरूले भनिरहेको उनले बताए ।

नेकपा माओवादी केन्द्र र कांग्रेसबीच भएको गठबन्धनले एमालेलाई कुनै पनि प्रभाव नपरेको उनले बताए। 'गठबन्धन भए पनि भाँडभैलो भएको छ। गठनबन्धनमा अन्यौल छ,' उनले लोकान्तरसँग भने, 'नेकपा माओवादी केन्द्रको मेयरका उम्मेदवार कांग्रेससँग हाम्रो आधिकारिक गठबन्धन हो भनेर एकातर्फ भनेका छन् भने अर्कातर्फ नेकपा एकीकृत समाजवादीका मेयर पनि कांग्रेससँग आफ्नो गठबन्धन रहेको भनिरहेका छन् ।'

गठबन्धन भए पनि कुन गठबन्धन आधिकारिक हो भन्ने कुरा नै प्रस्ट नरहेको उनले बताए। 'नेपाली कांग्रेसका कार्यकर्ताले मेयरमा माओवादीका उम्मेदवारलाई भोट हाल्ने कि एसका उम्मेदवारलाई त्यही कुरा प्रस्ट छैन,' उनले लोकान्तरसँग भने।

नकुल थापा

गएको स्थानीय निर्वाचनमा त्यहाँ एमाले बलियो भए पनि नेकपा एमालेबाट अधिकांश नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजवादीतर्फ गएपछि तुलनात्मक रूपमा कमजोर देखिएको छ । 'नेकपा एसतर्फ जाने नेता तथा कार्यकर्ताको संख्या मात्र बढेर हुँदैन,' उनले थपे, 'संख्यात्मक रूपमा हेर्नुभन्दा पनि सैद्धान्तिक रूपमा यो पार्टीमा अविचलित भएर दृढ भई लाग्ने कार्यकर्ताको संख्या पनि ठूलै छ।'

'गएको स्थानीय सरकारले पुरानो कच्ची सडकहरूलाई अहिले पक्की सडक बनाउने क्रममै निर्माणाधीन अवस्थामा छन्। अन्तिम रूप दिन मात्र बाँकी रहेकाले कतैकतै सडकमा हिलो देखिएको हो,' उनले भने, 'सडक निर्माणदेखि खानेपानी, शिक्षा, स्वास्थ्य आदि सबै क्षेत्रमा एमालेको जनप्रतिनिधिले उल्लेख्य काम गरेको हुनाले पनि यसपटक फेरि महालक्ष्मी नगरपालिकामा एमालेले चुनाव जित्नेमा हामी ढुक्क छौं।'

नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयरको उम्मेदवार नकुल थापा पनि चुनाव जित्ने दाबी गर्छन्। 'गत स्थानीय निर्वाचनमा ७ नम्बर वडामा वडाध्यक्षमा निर्वाचित भएर मैले गरेको विकास निर्माणको कामलाई हेरेर नै पार्टीले मलाई मेयरको टिकट दिएको हो,' उनले लोकान्तरसँग भने, 'मैले आफ्नो वडामा गरेको कामको लोकप्रियता सबै वडामा पर्नुका साथै नगरपालिका भित्रमा हाम्रो पार्टीको संगठन पनि बलियो भएको आधारमा समेत हामीले चुनाव जित्छौं।'

एउटा वडाध्यक्षको भूमिकामा मात्र सीमित हुनुको साटो दशवटै वडाका नागरिकहरूको सुख–दु:खमा जनताका लागि काम गरेको हुनाले पनि आफूले जित्ने उनले दाबी गरे ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको गठबन्धन आधिकारिक हो कि होइन भन्ने कुरामा अहिले पनि विवाद नै रहेको उनले बताए। 'गठबन्धन निराशाजनक तरिकाले गएको छ, गठबन्धनको उम्मेदवारभन्दा पनि  मलाई नै मत दिन्छु भनेर नगरवासीले घरदैलो अभियानका क्रममा भनिरहेका छन् ।'

महालक्ष्मी नगरपालिकामा गएको स्थानीय निर्वाचनमा एमालेलाई जिताउने मानिसहरू अहिले सबै नेकपा एकीकृत समाजवादीमा लागेको उनले दाबी गरे।

महालक्ष्मी नगर कमिटीको तत्कालीन अध्यक्षको भूमिकामा उनी आफैंले काम गर्नुको साथै नगर कमिटीको सचिव, नगरपालिकाकै उपमेयरदेखि प्रदेश सांसद, प्रतिनिधि सभा संसद् सबै नेकपा एसतर्फ लागेकाले एमालेभन्दा एसको संगठन नगरपालिकामा बलियो रहेको उनले बताए ।

'हिजो एमालेले जितेको ८ वडाध्यक्षमध्ये १ नम्बर वडाको वडाध्यक्ष नन्द न्यौपाने, ४ को वडाध्यक्ष लक्ष्मण रोक्का र ७ को वडाध्यक्ष म आफैं र उपमेयर निर्मला थापा पनि अहिले नेकपा एसमा छौं,'  उनले थपे, 'त्यसैगरी यस क्षेत्रबाट जित्नुभएका प्रदेश सांसद माधव पौडेल, प्रतिनिधि सभा सदस्य कृष्णलाल महर्जन पनि अहिले नेकपा एसमा लाग्नुभएको छ ।' त्यसकारण एमाले अहिले निकै कमजोर अवस्थामा रहेको उनले बताए ।

भिडियो :

हेर्नुहोस्, थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x