२३ असार २०८३, मंगलबार

३० रुपैयाँ बुझाउन ३ सय भाडा

कात्तिक २०, २०७४
३० रुपैयाँ बुझाउन ३ सय भाडा
काठमाडौँ, ३१ असार- स्थानीय तह निर्वाचनमा ‘गाउँगाउँमा सिंहदरबार’ खुबै चलेको नारा बन्यो । राजनीतिक दलहरू यही नारा लगाएर प्रतिस्पर्धामा उत्रिए । चुनाव पनि जिते ।
 तर रुकुममा भने यो नारा यतिबेला ठीक उल्टो छ, अर्थात् गाउँमै पाइने सेवा सदरमुकाम स-यो । विगतका वर्षमा आफ्नै साविकका गाविस कार्यालयमै विद्युत् महसुल बुझाइरहेका रुकुमका सेवाग्राहीले स्थानीय तह निवार्चनपछि ३० रुपैयाँ विद्युत् महसुल तिर्न ३ सय रुपैयाँ गाडीभाडा खर्चेर सदरमुकाम धाउनु परेको छ, राजधानीमा खबर छ | 

salt training

कमेन्ट गर्नुहोस्