१० साउन २०८३, आइतबार

विकास र समृद्धिको मार्गचित्र एमालेले कोरेको हो : अध्यक्ष ओली

बैशाख २७, २०७९
विकास र समृद्धिको मार्गचित्र एमालेले कोरेको हो : अध्यक्ष ओली
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको मार्गचित्र एमालेले कोरेको भन्दै यसलाई पूरा गर्ने अभिभारा समेत एमालेकै भएको बताएका छन् ।

झापाको कमल गाउँपालिकामा आयोजित चुनावी सभालाई मंगलवार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेकपा एमालेले नै लोकप्रिय कार्यक्रम र योजना ल्याएको जिकिर गरे ।

देश बचाउने र बनाउने पार्टी एमाले मात्र भएको दाबी गर्दै अध्यक्ष ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्दै सबै उम्मेदवारलाई विजय गराउन आग्रह गरे ।

अध्यक्ष ओलीले सोमवारै मोरङको मिक्लाजुङ,  झापाको कमल र गौरीगञ्ज गाउँपालिका तथा दमक नगरपालिका, गौरादह र भद्रपुर नगरपालिकामा भएका चुनावी सभालाई सम्बोधन गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्