२३ जेठ २०८३, शनिबार

बंगलादेशका अलराउण्डर हसनले श्रीलंकाविरुद्धको पहिलो टेस्ट गुमाउने

बैशाख २८, २०७९
बंगलादेशका अलराउण्डर हसनले श्रीलंकाविरुद्धको पहिलो टेस्ट गुमाउने

बंगलादेशका अलराउण्डर शकिब अल हसनले श्रीलंकाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् ।

कोभिड-१९ को संक्रमण भएपछि हसनले पहिलो टेस्ट गुमाउने भएका हुन् ।

मंगलवार भएको पीसीआर परिक्षणमा उनलाई पोजेटिभ देखिएको हो ।

बंगलादेशले आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा श्रीलंकासँग दुई खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।

पहिलो टेस्ट मे १५ मा शुरू हुनेछ । यस्तै दोस्रो टेस्ट मे २३ मा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्