१० असार २०८३, बुधबार

मोदीको लुम्बिनी भ्रमणमा पश्चिम सेतीबारे कुरा हुने

बैशाख २८, २०७९
मोदीको लुम्बिनी भ्रमणमा पश्चिम सेतीबारे कुरा हुने
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएका छन् ।

डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीसँग आफ्नो भेटवार्ता हुने पनि बताए ।

त्यस  क्रममा  सुदूरपश्चिम  क्षेत्रका  लागि  महत्वको  पश्चिम  सेती  जलविद्युत्  आयोजना  निर्माणमा भारतीय कम्पनीसँग सम्झौताबारे निर्णय हुनसक्ने बताए ।

चीनले  बनाएका  जलविद्युत्  आयोजनाबाट  उत्पादित बिजुली भारतले खरिद नगर्ने नीति लिएको बताउँदै उहाँले भारतीय लगानीबाट बनेका भने खरिद गर्ने हुँदा पश्चिम सेतीबारे दुईवटा भारतीय कम्पनी सतलज  र  आईबीएचएमसँग  कुराकानी  भएको  उल्लेख गरे ।

पश्चिम सेतीसँगै महाकालीको पञ्चेश्वर   परियोजनासमेत   बनाउने   उनले   बताए । गोरखापत्र दैनिकमा पुष्कर भण्डारीले खबर लेखेका छन्।

salt training

कमेन्ट गर्नुहोस्