जेठ १३, २०७९
बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरोले कोर्डेलिया लागूऔषध मुद्दामा सफाइ दिएको छ । गत अक्टोबर महिनामा आर्यन र अन्य व्यक्तिहरू विलासी जहाजमा लागूऔषध सेवन गरेको आरोपमा...
काठमाडाैं | बैशाख २८, २०७९
निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पार्न निर्माण टिमले मंगलवार साँझ लिरिकल भिडियो सार्वजनिक गरेको हो ।
रेशम सापकोटाको शब्द रहेको गीतमा राजु महर्जनले स्वर दिएका छन् भने गीतमा कुटुम्ब ब्याण्डको संगीत, योगेश काजीको संगीत कन्सेप्ट रहेको छ ।
भिडियोमा अभिनेता राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ । गीतमा अभिनेता राजेशकै स्वरमा केही संवादहरू समेत समावेश गरिएको छ ।
राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल गीतको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् ।
चलचित्रका मुख्य अभिनेतामध्येका पल शाह कारागार चलान भएपछि निर्माण टिम छायाङ्कनमा जान सकेको छैन । निर्माता रेशम सापकोटाले पल शाहको घटनाको छानबिन निष्कर्षमा नपुगेसम्म यो चलचित्रको छायांकन प्रारम्भ गर्न कठिन रहेको प्रतिक्रिया दिए ।
उनले बजारमा चलेको हल्ला अनुसार चलचित्र निर्माणबाट आफू पछि नहटेको समेत स्पष्ट पारे । ‘हामीले चलचित्र घोषणा गरिसकेपछि दर्शकलाई यसबारे कुनैपनि कन्टेन्ट दिन सकेनौ भन्ने महशुस भयो । सोही कारण यसको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हौं,’ निर्माता सापकोटाले भने, ‘चलचित्रका लागि दर्शकको पर्खाइ अरु थप बढ्ने पक्का भएपछि यो गीत सार्वजनिक गरेका हौं ।’
निर्माता सापकोटाले यस गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी गराउने समेत बताए । उनले भने,‘प्रि–प्रोडक्सनको काम लगभग सकिएको छ । यसमा केही सदस्य हेरफेर हुन पनि सक्छ । हामीले भिडियोमा टिमका म बाहेक अरु सदस्यको नाम नराख्नुमा आफ्नै कारण छ ।’
प्रि–प्रोडक्सनको सम्पूर्ण काम सकेको यो चलचित्रमा अभिनेता राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने निर्माण टिमले यसअघि नै जानकारी गराइसकेको छ ।
भिडियो
बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरोले कोर्डेलिया लागूऔषध मुद्दामा सफाइ दिएको छ । गत अक्टोबर महिनामा आर्यन र अन्य व्यक्तिहरू विलासी जहाजमा लागूऔषध सेवन गरेको आरोपमा...
एक समय थियो सिरियल हेर्नका लागि टेलिभिजनको विकल्प थिएन । सिरियलका पारखीहरूलाई प्रसारण हुने दिन, समय कण्ठस्थ हुन्थ्यो । टेलिभिजन पनि सीमित घरमा हुन्थे । सिरियल आउने दिन टोलभरमा मानिसहरू जम्मा भएर टे...
नेपाली लोकदोहोरी क्षेत्रकी पुरानी र लोकप्रिय गायिका बीमाकुमारी दुरा स्थायी बसोबासका लागि अमेरिका उडेकी छिन् । उनी आफ्नो श्रीमानसहित बिहीबार अमेरिका उडेकी हुन् । उनकी एकमात्र छोरी ४ वर्षदेखि अमेरिकामै छ...
शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘कबड्डी ४’ले मल्टिप्लेक्स हलहरूमा सर्वाधिक शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन चलचित्रलाई ९७ श...
स्थानीय तह निर्वाचनको माहोलले ठप्पप्रायः सांगीतिक बजार फेरि चलमलाउन थालेको छ । निर्वाचनको माहोलका कारण झण्डै दुई साता सांगीतिक बजार ठप्प थियो । निर्वाचन मितिको एक साता अघिदेखि एक साता पछिसम्म युट्यु...
गीतकार नेत्र अर्यालको प्रस्तुतिमा ‘फोटो मायाको’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम विरहको यस गीतमा सुनिता बुढा क्षेत्री र सन्तोष क्षेत्रीले स्वर दिएका छन् । नेत्रको शब्द एवं संगीत रह...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...