जेठ १२, २०७९
व्यस्त समय, हतारको यात्रा, अनि बस टिकटका लागि घन्टौँको समय । सोच्दा पनि विरक्त लाग्ने त्यो समयलाई कसरी सरल बनाउने ? विश्व डिजिटलाइजेसनमा अगाडि बढ्दै जाँदा नेपालमा पनि यो प्रश्न उठ्न बिस्तारै शु...
गत आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको नाफा घटेको छ ।
समग्र व्यवसायिक आम्दानी बढेपनि टेलिकमको नाफा भने घटेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा करिब ८ प्रतिशत घटेको छ।
गत वर्षको चैतमा ५ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको नेपाल टेलिकमले चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड रुपैयाँ मात्र कमाएको वित्तीय विवरणमा देखिएको छ ।
कम्पनीले सेवा बिस्तार गरे बापतको आम्दानी भने बढाएको छ।
समीक्षा अवधिमा टेलिकमले २८ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको हो ।
एक आर्थिक वर्षको अवधिमा टेलिकमको आम्दानी ३ प्रतिशत बढ्यो। सेवा उपलब्ध गराएबापत गत आर्थिक वर्षको चैतमा टेलिकमले २७ अर्ब ४५ करोड रुपैयाँ कमाएको थियो।
सेवा बाहेक कम्पनीका अन्य आम्दानी पनि बढेका छन्। अन्य स्रोतमार्फत कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको हो।
यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिमा अन्य स्रोतमार्फत कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँ कमाएको थियो।
समीक्षा अवधिमा टेलिकमको कुल आम्दानीको आकार पनि करिब ३ प्रतिशत बढेको छ। टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ अर्ब ५३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ।
गत आर्थिक वर्षको चैतको तुलनामा टेलिकमको खर्च पनि बढेको छ।
एक आर्थिक वर्षको अवधिमा खर्च झन्डै एक अर्ब रुपैयाँ बाँडेको पाइयो। यस अवधिमा कम्पनीको संचालन तथा मेन्टिनेन्स खर्च अत्यधिक बढेको छ। यस्तै, रेगुलेटर फी, चार्ज तथा नवीकरणको शुल्क बापतको खर्च पनि वृद्धि भएको पाइन्छ।
बोनस सेयरको सहायतामा बढेको चुक्ता पुँजीले कम्पनीको प्रति सेयर आम्दानीमा भने नकारात्मक प्रभाव परेको छ।
पुँजीको तुलनामा कम्पनीले खुद नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी ४०.२६ रुपैयाँमा सीमित छ। पोहोर चैतमा कम्पनीको इपीएस ४३.५९ रुपैयाँ थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल टेलिकमको प्रति सेयर नेटवर्थ ५११.७७ रुपैयाँ छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य १०३८.९० रुपैयाँका आधारमा टेलिकमको मूल्य आम्दानी अनुपात २५.६८ गुणा छ।
व्यस्त समय, हतारको यात्रा, अनि बस टिकटका लागि घन्टौँको समय । सोच्दा पनि विरक्त लाग्ने त्यो समयलाई कसरी सरल बनाउने ? विश्व डिजिटलाइजेसनमा अगाडि बढ्दै जाँदा नेपालमा पनि यो प्रश्न उठ्न बिस्तारै शु...
फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रा. लि.को आयोजनामा यही जेठ २० गते शुक्रबारका दिन हुन लागेको हो । कोभिड १९ पछि नेपालीहरू डिजीटल प्रविधीका अने...
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ । योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिल...
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्...
नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण हुन सफल भएको छ । फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरियता प्रदान गरेको हुनाले आइएसओ (इन्फरमेशन सेक्यूरिटी म्या...
इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले २०० एमबीपीएस इन्टरनेट मासिक ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । कम्पनीले विद्यमान अल्ट्रा–फाई लाइनका प्रोडक्टहरूमा आकर्षक परिमार्जन ल्याएको छ । ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...