०५ साउन २०८३, मंगलबार

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बैशाख २८, २०७९
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३  म्याग्निच्युटको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ  र डडेल्धुरामा भूकम्पको  महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ ।

यसअघि यही वैशाख ६ गते पनि सूदूरपश्चिमकै सैनपसेला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प गएको थियो  । 

salt training

कमेन्ट गर्नुहोस्