२४ जेठ २०८३, आइतबार

इन्जिन फेल भएपछि श्रीएयरको विमान काठमाडौंमा आकस्मिक अवतरण

बैशाख २८, २०७९
इन्जिन फेल भएपछि श्रीएयरको विमान काठमाडौंमा आकस्मिक अवतरण
फाइल तस्वीर।

श्रीएयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गरेको छ ।

बुधवार काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको इन्जिनमा समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो । 

विमानमा ८० जना यात्रु रहेको बताइएको छ । 

धनगढीका लागि बिहान ११ बजेर ४८ मिनेटमा उडेको जहाज १२ बजेर ७ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गराइएको विमानस्थल प्रमुख पूर्ण चुँडालले जानकारी दिए । 

'एउटा इन्जिनमा समस्या देखिएको छ, त्यसको जाँच भइरहेको छ,' उनले भने, 'यात्रुलाई अर्को जहाजबाट पठाउने तयारी भइरहेको छ ।'
 

salt training

कमेन्ट गर्नुहोस्