०३ साउन २०८३, आइतबार

आफ्नो नाममा नक्कली ट्वीटर खाता खोली गलत सूचना सम्प्रेषण गरेको भन्दै कुलमानको आपत्ति

बैशाख २८, २०७९
आफ्नो नाममा नक्कली ट्वीटर खाता खोली गलत सूचना सम्प्रेषण गरेको भन्दै कुलमानको आपत्ति
फाइल तस्वीर

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा नक्कली ट्वीटर ह्याण्डलमार्फत स्थानीय तहको निर्वाचनका सन्दर्भमा गलत सूचनाहरू सम्प्रेषण भएको पाइएको छ ।

आफ्नो नामबाट नक्कली अकाउन्ट खोलिएको भन्दै कार्यकारी निर्देशक घिसिङले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

बुधवार एक विज्ञप्ति जारी गर्दै कार्यकारी निर्देशक घिसिङले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डल  @KMGhising रहेको र यसबाहेक आफ्नो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको बताएका छन् । 

उनले भनेका छन्,‘आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु ।’ 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरू नगरिदिन समेत उनले आग्रह गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्