२३ असार २०८३, मंगलबार

नौ महिनामा एक प्रतिशतभन्दा कमले घट्यो विप्रेषण आप्रवाह

बैशाख २८, २०७९
नौ महिनामा एक प्रतिशतभन्दा कमले घट्यो विप्रेषण आप्रवाह

चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले गिरावट आएको छ । 

यस अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ । 

अघिल्लो  वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२  प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको  थियो ।  

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)  लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,५६,०३१ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या  ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा  अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २,०६,६२९ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७  प्रतिशतले घटेको थियो ।  

समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई रु.८०८ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लोवर्षको  सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्