०७ साउन २०८३, बिहीबार

बेल्जियम सरकारलाई धेरै कर तिर्ने नेपाली व्यापारी लोक दाहाल सम्मानित

बैशाख २८, २०७९
बेल्जियम सरकारलाई धेरै कर तिर्ने नेपाली व्यापारी लोक दाहाल सम्मानित

बेल्जियम सरकारलाई धेरै कर भुक्तानी गरेको रेकर्डमा पर्न सफल एक नेपाली व्यवसायी लोक दाहाललाई सम्मान गरिएको छ । 

व्यवसायीहरू लोक दाहाल र काशी दनैको संयुक्त लगानीमा सञ्चालित  कम्पनी 'सुशी किङ ग्रुप'लाई  बेल्जियममा  धेरै कामदारलाई रोजगारी दिने वातावरण सिर्जना गरेको भन्दै प्रशंसा पनि गरिएको छ । 

बेल्जियमको प्रसिद्ध बिजनेस म्यगाजिन ट्रेन्डले हरेक वर्ष बेल्जियममा रहेका व्यापारीहरूको सरकारी सूचकहरूको आधारमा 

मूल्याकंन गर्ने गर्दछ । यही प्रकियाको आधारमा  छनोट भई  'सुशी किङ ग्रुप' सम्मानित भएको हो । 

यो सम्मानलाई बेल्जियमको व्यापारिक सर्कलमा निकै महत्त्वका साथ हेर्ने गरिन्छ । उनीहरूको कम्पनीले बेल्जियममा  छिटो, छरितो तथा पारदर्शी वृद्धिदर  कायम गरेको ट्रेन्ड अवार्डले बताएको छ । 

सन् १९७५ मा स्थापना भएर विश्वसनीय व्यापारिक र आर्थिक समाचार पस्कँदै आएको ट्रेन्डलाई बेल्जियमको व्यावसायिक जमातले महत्त्वपूर्ण व्यावसायिक आधार मान्ने गर्दछ । 

आफ्नो कम्पनी सम्मानित भएपछि दाहालले आफूहरूको मेहनत खेर नगएको र नेपाली समुदायका लागि यो प्रेरणाको स्रोत बन्न सक्ने बताएका छन् । 

काम गर्दै जाँदा चुनौतीहरू थपिए पनि यस्ता सम्मानले व्यापारी र लगानीकर्ताको मनोबल बढ्ने उनको बुझाइ छ । 

१० वर्षदेखि सञ्चालित उनीहरूको  यो 'सुशी किङ ग्रूप' कम्पनी  बेल्जियमभरिका कम्पनीमा ४२ औँ स्थानमा परेको थियो ।  

एनआएनएनको नेतृत्व तहमा सक्रिय लोक दाहालका दर्जनौँ होटल तथा रेष्टुरेन्टमा लगानी छन् । उनले बेल्जियममा मात्र होइन नेपालमा पनि हाइड्रोपावर, होटल, कृषिलगायतका क्षेत्रमा ठूलो लगानी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्