
बुटवलको मुख्य केन्द्र मिलनचोकमा बुधबार साँझ अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । मिलनचोकको सनराइज बैंक अगाडि कुकर बम बिस्फोट गराइएको ठाउँमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ ।
साँझ ८ बजे १५ मिनेट जाँदा बम बिस्फोट भएको चर्को आवाज स्थानीयहरुले सुनेका थिए । बिस्फोट स्थल बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा पर्छ । रुपन्देही प्रहरी प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले विस्फोटबाट मानवीय क्षति नभएको बताए ।
‘घटनामा नेकपा माओवादी लेखिएको पर्चा र वैशाख २९ र ३० गतेको नेपाल बन्द सफल पारौँ भन्ने पर्चा भेटिएको छ,’ रेग्मीले लोकान्तरसँग भने । बम विस्फोट गर्नेको खोजी भइरहको बताए । विस्फोटपछि सुरक्षा व्यवस्था कडा बनाएको छ ।